राजविराज । सप्तरीको राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापना लगायतका माग राख्दै आएका आन्दोलनरत पक्ष र सम्बन्धित निकायबीच सहमति पश्चात रिले अनसन तथा आन्दोलन स्थगित गरिएको छ ।
अर्थ मन्त्रालयका उपमहानिर्देशक रमेश अर्याल र आन्तरिक राजस्व कार्यालय स्थापना संघर्ष समिति, राजनीतिक दल, सरोकारवाला निकाय बीच बुधबार भएको तीन बुँदे सहमतिअनुसार संघर्षका कार्यक्रम स्थगित भएको हो । सप्तरीबासी तथा अनसनरत पक्षको माग बमोजिम अर्थ मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न आन्तरिक राजश्व
यसैगरी, करदाता सेवा कार्यालय, राजविराजबाट हालसम्म प्रवाह हुँदै आएको सेवाको वैकल्पिक सेवा दिने निकायको क्षमता विकास भई सेवा सहज नहुन्जेलसम्म करदाता सेवा कार्यालय, राजविराजले यथावत रूपमा सेवा प्रवाह गर्ने सहमति भएको छ । उपरोक्त सहमतिसँगै आन्दोलनरत पक्षले ६ दिनदेखि सञ्चालन गर्दै आएको रिले अनसन तथा आन्दोलन स्थगित गर्ने निर्णय गरेका छन् ।
यता सहमतिलाई कार्यान्वयन गरिने विश्वास व्यक्त गर्दै आन्दोलनरत पक्षले सहमति पालना नभए पुनः आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएका छन् ।