ज्येष्ठ नागरिकद्वारा विद्यालयलाई कुर्सी र पंखा सहयोग

राजविराज । सप्तरीको बोदेवर्साइन वडा नम्बर १०, अमरैयाँ निवासी एक ज्येष्ठ नागरिकले आफ्ना नातीको जन्मदिनमा आइतबार स्थानीय विद्यालयलाई सहयोग गरेका छन् ।

रामकिसुन यादवले बिराट मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत नाती सौरभ यादवको जन्मदिनको अवसर पारेर पाँच थान कुर्सी र एक थान स्ट्याण्ड पंखा उपलब्ध गराएका हुन् । उनले आधारभूत विद्यालय खडकपुरका प्रधानाध्यापक रामचन्द्र यादवलाई उक्त सामग्री हस्तान्तरण गरेका छन् ।

उक्त अवसरमा वडा अध्यक्ष सुनित यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनु दास सहित विद्यालयका प्रधानाध्यापक समेतको उपस्थिति थियो । एमबीबीएस अध्ययनरत सौरभ मधेश प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेश यादव तथा सुनिता यादवका सुपुत्र हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस