श्रीमन नारायण

“स्वस्थ बुढेसकालका लागि योग” भन्ने मूलका नारा साथ यस वर्ष १२ औं अन्तर्राष्ट्रिय योग दिवस मनाईएको छ । सनातन धर्म संस्कृति एवं चिन्तन पद्यतिले विश्व समुदायलाई धेरै थोक दिएको छ । जसमा शाकाहारी जीवनशैली, सत्य एवं अहिंसाको प्रयोग, परोपकारको भावना, विश्वबन्धुत्व, स्वधर्म, समभाव र योग आदि हुन । नेपाल एवं भारत लगायत विश्वका अधिकांश देशहरुमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।
निःशुल्क अथवा न्यून खर्चमा शरीरभित्र रहेका अनेकौं रोगको उपचार यसवाट सहज रुपमा सम्भव भएकोले योगप्रति विश्व व्यापी रुपमा नै आकर्षण बढेको छ । करोडौ व्यक्ति नियमित रुपमा योग अभ्यास गर्दछन् र आफुलाई स्वस्थ, फुर्तिलो र तनावमुक्त राख्दछन् । “स्वास्थ बुढयौलीका लागि योग” भन्ने यस वर्षको नाराले मानव जीवनको हरेक चरणमा योगको महत्वपूर्ण भूमिका माथि प्रकाश पार्दछ ।
योगले शारीरिक लचिलोपन, सन्तुलन शक्ति र मानसिक शान्तिलाई बढावा दिन्छ साथै तनाव, चिन्ता र जीवनशैलीसँग सम्बन्धित विभिन्न स्वास्थ चुनौतिहरुको व्यवस्थापन गर्नमा मद्यत पनि गर्दछ । नियमित योग अभ्यासले सबै उमेरका मानसिहरुलाई स्वस्थ सक्रिय र आत्मनिर्भर जीवन बिताउन प्रेरित गर्दछ । यस वर्षको नाराले स्वस्थ र सम्मानजनक बुढयौलीको विश्वव्यापी लक्ष्यलाई पनि बलियो बनाउँछ । योग प्रति बढदो विश्वव्यापी आकर्षण हाम्रो सनातन धर्म–संस्कृति एवं मान्यताप्रतिको स्वीकार्यता पनि हो ।
योगका सुत्रहरुमा आस्था एवं अन्ध विश्वासको निम्ति ठाउँ छैन । यो पनि गणित र विज्ञान जस्तै प्रयोगमा आधारित हो । प्रयोगवाट विश्वास गर्न सकिन्छ । दर्शन र विज्ञान संङ्किर्ण हुन सक्दैन । यो परम स्वास्थको विज्ञान हो तथा अन्तन्तको दर्शन पनि हो । अस्तित्व सम्पूर्ण हो । एकाइ हुनु दुःख हो भने अनन्त हुनु आनन्द हो । योग एकाईमा आनन्दको अनुभूति हुन्छ । योगको सोझो अर्थ जोडनु हो ।
पतन्जलि (ईशा पूर्व १८४–१८५) योगसुत्र लेखेका थिए । तर योग पतन्जलि भन्दा पनि पुरानो हो । मनुष्य एवं ब्रम्हाण्डको एकात्म दर्शनको यो विज्ञान भारत वर्षवाट नै शुरु भएको हो । विश्वका अनेकौं देशले यसलाई आत्मसात गरे तर यसलाई “योग” को ठाउँमा “योगा” भन्न थाले । सन् १९६०–७० को दशकमा पनि योगवाट हुने फाईदाबारे विश्वको कुनाकुना सम्म प्रचार गर्ने काम र यसको महत्ववारे बताउने काम योगगुरु परमहंस योगानन्द, स्वामी कुलवयानन्द, महर्षि योगी तथा विके आचार्यले गरे ।
विगत केही दशक देखि योगगुरु रामदेव तथा उनका नेपाली सहयोगी आचार्य बालकृष्णले यस क्षेत्रमा काम ऐतिहासिक, उल्लेनीय र प्रशंसनीय छन् । नयाँ पुस्ता “योग” को नाम सुन्ने वितिकै उपरोक्त दुई जनाको अनुहारलाई स्मरण गर्दछन् । आफनो जमानाका लोकप्रिय गिताबादक जर्ज हैरिसनले आफुलाई यौगिक क्रियाकलापवाट निकै लाभ पुगेको बताएर पुरै पश्चिमेली जगतलाई योगप्रति आकर्षित गराएका थिए । प्रतिष्ठित पत्रिका “टाइम्स” ले सन् २००४ मा प्रकाशित गरेको विश्वका एकसय प्रभावकारी व्यक्तिहरुको सूचीमा विकेश आर्यधरको नाम पनि राखेका थियो ।
योगको विस्तार र प्रचार प्रसारमा नेपाल र भारतका धेरै जसो योग शिक्षक र विज्ञहरुको भूमिका रहेको छ । तर योगलाई विश्वव्यापी मान्यता दिलाउने कार्य भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका हुन भन्दा अतिश्योक्ति नहोला ? संयुक्त राष्ट्रसंघको महासभामा योगको बारेमा विश्वजगतलाई नै राम्ररी सम्झाउने र आकर्षित गराउने काम उनले नै गरेका छन् । संयुक्त राष्ट्र संघले २१ जुनलाई विश्व योग दिवसको रुपमा घोषणा गर्नु हाम्रो निम्ती ठुलो उपलब्धि हो ।
सूर्यलाई ऊर्जाको सबैभन्दा ठुलो एवं अक्षय स्रोत मानिन्छ । पृथ्वीमा उसको लामो उपस्थितिले त्यस दिन सबैभन्दा बढी ऊर्जाको स्रोत प्राप्त हुने विश्वास गरिन्छ । हामी आफनो योगको पद्यति एवं त्यसको परिणामलाई सोझो रुपमा ऊर्जासँग जोडेर हेर्ने गर्छौ । योगको अर्थ नै हुन्छ, जोडनु । ऊर्जामा वृद्धिको पहिलो सिद्धान्त हो कसैसित जोडिनु तथा अन्यलाई समेत जोडनु । जसमा जतिबढी जोडिने तथा जोडन सक्ने योग्यता हुन्छ, त्यो त्यति नै क्षमतावान पनि कहलिन्छ । ऊर्जामा बृद्धिका लागि मात्रै जोडिनु नै पर्याप्त हुँदैन । त्यसलाई दिशा र गतिको पनि आवश्यकता पर्छ । एक आपसमा जोडिनेहरुको दिशा पनि एउटै हुनुपर्छ । २१ जूनका दिन पृथ्वीमा सूर्यको उपस्थिति निकै लामो समयसम्म हुने गर्छ । सम्भवतः यिनै कारणले होला संयुक्त राष्ट्रसंघले पनि यसै दिनलाई अन्तर्राष्ट्रिय योग दिवस घोषित गरेको हुनुपर्छ ।
वर्तमान अवस्थामा यौगिक विज्ञान जति महत्वपूर्ण सावित भईरहेको छ, यसभन्दा अघि यो कहिल्यै यति बढी थिएन । वर्तमान अवस्थामा हामीसँग विज्ञान एवं प्रविधिका तमाम साधनहरु छन् तिमीहरुले विश्वको निर्माण एवं विनाश दुवै गरिरहेका छन् । यस्तोमा यो निकै महत्वपूर्ण हुन जान्छ कि हाम्रो जीवनप्रति जागरुकता एवं यस्तो भाव कायम रहोस ताकी हामी प्रत्येक प्राणीमा आफनो शरीरको अंश भएको अनुभूति गर्न सकौं ।
विश्वका अनेकौं देश तथा विश्वविद्यालयहरुमा अनुसन्धानमार्फत यो सिद्धान्त प्रतिपादित गरिएको छ कि योग शारीरिक सम्बन्ध र मानसिक तनाववाट बचाउ गर्नुका साथै मानसिक शान्ति प्रदान गर्नमा सक्षम छ । विश्वप्रसिद्ध तनाववाट बचाउ गर्नुका साथै मानसिक शान्ति प्रदान गर्नमा पनि सक्षम छ । विश्वप्रसिद्ध अमेरिकी बोस्टन विश्वविद्यालयको “स्कुल अफ मेडिसिनद्धारा मे २०१२ मा प्रकाशित मेडिकल हाइपोथिसिस जर्नलमा यो प्रतिपादित गरिएको थियो कि पुरानो रोग तथा दुर्घटना पश्चात सामान्य हुन तनावमुक्त योग निकै प्रभावशाली सावित हुने गर्छ । किनभने योगले मानव शरीरको “सेन्ट्रल नर्भस सिस्टम” को आधार मानिएको तन्त्रिकालाई प्रचुर मात्रामा ऊर्जा प्रदान गर्दछ । त्यसै गरी हार्वर्ड विश्वविद्यालयको एक अनुसन्धानले पनि योगलाई यस्ता स्वास्थजन्य रोगको समाधानमा सर्वाधिक मानेको छ ।
मीमांसा न्याय वैशेषिक, साङख्य, वेदान्त आदि भारतवर्षका प्राचीन दर्शन हुन । स्वस्थ शरीर एवं एकाग्रमन आदिम अभिलाषा हो । बुद्ध र जैन दर्शनको थालनी पनि यहीबाट भएको हो तर साङख्य एवं योग प्राचीन दर्शन हो । शायद त्यही भएर हाम्रा ऋषि मुनिहरु सय वर्ष सम्म बाँच्ने गर्दथे ।
स्वस्थ रहन रोगको उपचार गर्नुपर्ने मान्यता विपरीत एउटा निश्चित शारीरिक एवं मानसिक व्यवस्था कायम गरी रोग लाग्नवाट नै धेरै हदसम्म रोक्न सकिन्छ । योग एक किसिमको यस्तो स्वास्थ उपचारको माध्यम हो, जसमा पैसा खर्च नै नगरी व्यक्तिलाई स्वस्थ बनाउन सकिन्छ । योग हाम्रो समाजका निर्धन व्यक्तिको निम्ति वरदान सावित हुन सक्दछ । नेपालका लाखौं युवाहरु वैदेशिक रोजगारमा विदेश गईरहेका छन् । पढे लेखेका युवा बेरोजगार भएर बाँच्न बाध्य छन् ।
योगको प्रशिक्षण प्राप्त गरेर सैकडौं, हजारौं नेपाली युवा विदेशमा योग प्रशिक्षकको रुपमा काम गरी मान, सम्मान र पैसा पनि कमाउन सक्छन् । विश्वका अनेकौं देशहरुमा योगप्रति आकर्षण बढिरहेको छ । हाम्रा युवाहरुले यस अवसरवाट लाभ उठाउन सक्छन् । स्वास्थ्य संरक्षक योगलाई हावी सबैले आफनो जीवनको अभिन्न अङ्ग बनाउनुपर्छ । नेपाल र दक्षिणी छिमेकी भारतसहित विश्वका झण्डै दुई सय देशहरुमा योग दिवस मनाउने गरिन्छ । हाम्रो यस अमूल्य धरोहरको हामीले संरक्षण र सम्वद्र्धन गर्नुपर्छ ।