नेउवा महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा प्रधानको उम्मेदवारी

राजविराज – नेपाल उद्योग वाणिज्य महासंघको प्रदेशतर्फबाट केन्द्रीय कार्यकारिणी सदस्यमा अरुणकुमार प्रधानले उम्मेदवारी दिएका छन् । राजविराज निवासी प्रधान सप्तरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम् मधेश प्रदेशका निवर्तमान उपाध्यक्ष हुन् ।

निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था महासंघको यहीँ चैत्र २८ र २९ गते हुने निर्वाचनका लागि उनी प्रदेशतर्फबाट केन्द्रीय कार्यकारिणी सदस्यमा उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दिएका प्रधानले कृषक, उद्योगी, व्यवसायीको पीर–मर्का बुझेर उनीहरुको पक्षमा कार्य गर्नको लागि आफुले उम्मेदवार बनेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस