विश्वभर ३ करोड २७ लाखमा कोरोना संक्रमण, ९ लाख ९१ हजारको मृत्यु

जनकपुधाम । कोरोना भाइरसका कारण विश्वभर पछिल्लो २४ घण्टामा ५ हजार ३८० जनाको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार २१६ वटा देशमा फैलिएको कोरोना संक्रमणबाट हालसम्म ९ लाख ९१ हजार २२४ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा २ लाख ९८ हजार ७७३ संक्रमित थपिएका छन् । संक्रमितको संख्या ३ करोड २७ लाख ३० हजार ९४५ पुगेको छ ।

भारतमा ९४ हजारको मृत्यु

भारतमा मात्रै कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९४ हजार ५०३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार १२४ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारतमा पछिल्लो २४ घण्टामा ८८ हजार ६०० कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ५९ लाख ९२ हजार ५३२ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । भारतमा रेल्वे सेवा सञ्चालनमा आएसँगै कोरोना संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस