बोदे बरसाईनमा उमेर पुगेर विवाह गर्ने किशोरीलाई २० हजार

बोदे बरसाईन–बालविवाह अन्त्य गर्न सप्तरीको बोदे बरसाईन नगरपालिकाले उमेर पुगेर (२० वर्ष) विवाह गर्ने दलित किशोरीलाई २० हजार प्रदान गर्ने भएको छ ।

नगरपालिकाले ११ औँ नगरसभाले सो निर्णय गरेको हो । ‘बालविवाह विरुद्धको साझा अभियानलाई सफल बनाउन उक्त कार्यक्रमले सहयोग पुग्ने हामीले विश्वास लिएका छौं’ नगर प्रमुख आतेशकुमार सिंहले भने, ‘यहाँ बालबविवाह एक हिसाबले गम्भिर समस्याकै रुपमा रहेको देखिन्छ, पछिल्ला समय बालविवाह न्यूनिकरणका लागि विद्यालयदेखि समूदायस्तरमा पनि जागरूकता जगाउने कार्यहरु हुँदा केही हदसम्म न्यून भएको पनि छ तर अझैं बालविवाह अन्त्य भने भइसकेको छैन् ।’

बालविवाह विरुद्धको साझ अभियान तहत नै उमेर पुगेर विवाह गर्ने दलित किशोरीलाई सो रकम उपलब्ध गराउन लागिएको नगर प्रमुख सिंहले बताए ।

‘खासगरी गरिब विपन्न समूदायमा बालविवाह बढी देखिएको छ र यो कार्यक्रमले बालविवाह अन्त्य गर्न केही हदसम्म टेवा पुग्ने हाम्रो अपेक्षा छ ।’ उनले भने ।

त्यस्तै, नगरसभाबाट किशोरी शिक्षामा जोड दिइएको छ । अन्य समुदायकी उमेर पुगेको र स्नातक पास गरेर विवाह गर्ने किशोरी तथा गरिब विपन्न महिलाले स्नातक पास गर्दा पनि २० हजार रुपैयाँ प्रदान गरिने नगर प्रमुख सिंहले बताए ।

‘सभ्य समाज निर्माणका लागि छोरीहरु शिक्षित हुनु अति आवश्यक छ र त्यसैले हामी छोरी शिक्षामा पनि जोड दिएका छौं, जसअनुसार उमेर पुगेकी तथा स्नातक पास गरेर विवाह गर्ने छोरीहरुलाई पनि २० हजार उपलब्ध गराउँछौं’ नगर प्रमुख सिंहले भने, ‘यसले पनि केही हदसम्म छोरीहरु शिक्षित हुन्छिन् भन्ने अपेक्षा लिएका छौं ।’

*सच्याइएको

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार