महादेवामा हाकाहाकी भ्रष्टाचार : तीन दिने तालिमको बजेट एक दिनमै पचाइन्छ

राजविराज–सप्तरीको महादेवा गाउँपालिकामा हाकाहाकी भ्रष्टाचार भएको पाइएको छ । गाउँपालिकाले गत वर्ष गरेको जनचेतनामुलक कार्यक्रममा हाकाहाकी भ्रष्टाचार भएको पाइएको हो ।

गत वर्ष गाउँपालिकाले समाज सुधार तथा वातावरण विकास नेपाल नामक एनजिओमार्फत आदिवासी जनजाती महिलालाई तीन दिने जनचेतनामुलक तालिम दिइएको थियो । तर, ती तालिम भने एक दिन मात्र गरेर बाँकी दुई दिनको उपस्थिति पहिलो दिनकै ‘कपिपेस्ट’ गरेको देखिएको महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनमा ठहर गरेको छ ।

यद्यपी, तीन दिनसम्म तालिममा खर्च हुने पुरै बजेट नै कर्मचारीसँगको मिलेमतोमा पचाएको देखिएको छ । प्रतिवेदनमै पनि तालिम नभएको दुई दिन खर्च कुल १ लाख ६६ हजार २६६ रुपैयाँ असुल गर्न भनिएको छ ।

त्यस्तै, गत वर्ष गाउँपालिका र वडा कार्यालयमा गरिएको कार्यक्रममा पनि हल भाडा देखाएर निकासा लिएको पाइएको छ । राष्ट्र विकास केन्द्र नेपाल र जनअधिकार केन्द्र नामक एनजिओले गाउँपालिका र वडा कार्यालयमा गरेको कार्यक्रममा हल भाडा देखाएर निकासा लिएको हो ।

प्रतिवेदनअनुसार राष्ट्र विकास केन्द्र नेपालले जनप्रतिनिधिहरुलाई पञ्जीकरण तथा सामाजिक सुरक्षा सम्बन्धि दुई दिने अभिमुखिकरण तालिम गर्दा गाउँपालिका कार्यालयमा गरेको छ । तर, हल भाडा वापत १९ हजार ५ सय रुपैयाँ लिएकोले ती रकम पनि असुल गर्न भनिएको छ ।

त्यस्तै, जनअधिकार केन्द्रले मातृ तथा नवशिशु कार्यक्रम वडा कार्यालयमा गर्दा पनि हल भाडा वापत १० हजार रुपैयाँ लिएको छ । ती रकम पनि असुल गर्न प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार