सप्तरी प्रहरीको सक्रियताले धमाधम पक्राउ पर्दै फरार प्रतिवादी 

राजविराज–सप्तरी प्रहरीले सक्रियता बढाएसँगै धमाधम फरार प्रतिवादी पक्राउ पर्न थालेका छन् । शनिवार जिल्ला प्रहरी कार्यालयले गरेको पत्रकार सम्मेलनमा पछिल्लो एक महिनामा मात्रै सप्तरी प्रहरीले ६६ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जानकारी दिइएको हो ।

चालु आर्थिक बर्षको असोज १७ गतेदेखि हालसम्ममा ६६ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको एसपी ढकेन्द्र खतिवडाले बताए । उनका अनुसार पक्राउ गरिएका प्रतिवादीहरूबाट ४ बर्ष २ महिना ११ दिन कैद भुक्तान तथा ३ लाख ३१ हजार हजार ८ सय ६१ रूपैयाँ जरिवाना भुक्तान गर्नुपर्ने रहेको छ ।

चालु आर्थिक बर्ष ०८१/०८२ को  साउनदेखि असोज १६ गतेसम्ममा ७ जना प्रतिवादी पक्राउ गरिएको थियो । उनीहरूले २३ महिना ८ दिन कैद भुक्तान गर्न बाँकी छ भने ५९ हजार जरिवाना असुल गर्नुपर्ने रहेको एसपी खतिवडाले जानकारी दिए ।

‘अहिले पनि जिल्लामा ४ फरार प्रतिवादी छन्’ एसपी खतिवडाले भने, ‘केहीको मृत्यु समेत भइसकेकोले परिवार वा वडा कार्यालयबाट मृत्यु दर्ता प्रमाण पत्र माग गरेर अदालतबाट लगत कट्टा गराउने कामका लागि पनि अघि बढेका छौं ।’

पत्रकार सम्मेलनमा एसपी खतिवडाले चालु आर्थिक बर्ष ०८१/०८२ को असोज १७ गतेदेखि हालसम्मा अवैध रूपले भन्सार छलि गरेर भित्र्याइएका ४६ लाख ६९ हजार ६३५ रूपैयाँको सरसमान बरामद गरिएको बताए ।

‘सो अवधिमा भन्सार छलि गर्ने १० जना र ७–७ वटा मोटरसाइकल र साइकल तथा १–१ वटा कार र ई–रिक्सा समेत नियन्त्रणमा जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780