कारागारबाट भागेका विनायकलाई गोली चलाएर प्रहरीले पक्रियो

विराटनगर, २३ कार्तिक–कारागारबाट भागेका एक कैदीलाई सुनसरी प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक कारागारबाट भागेका विनायककुमार र श्याम भन्ने श्यामकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई बिहीबार राति सुनसरीको कोशी गाउँपालिका–८ पथरचट्टानबाट पक्राउ गरिएको सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिम्सिनाले बताए ।

छठ मनाउन विहार हुँदै नेपाल आउँदै गरेको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।यादवले २०६५ साल वैशाख १६ गते सुनसरीको साविक प्रकाशपुर–६ का ३९ वर्षीय केशव कार्कीको गोली हानी हत्या गरेका थिए ।

सो घटनापछि प्रहरीले विनायकलाई एक थान पेस्तोल र ११ राउण्ड गोलीसहित पक्राउ गरेको थियो । यादवलाई जिल्ला अदालत सुनसरीले कर्तव्य ज्यान मुद्दामा २० वर्ष ८ महिना १४ दिन कैद फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि थुनामा रहेका विनायक २०६९ साल कात्तिक २३ गते राति झुम्का कारागारबाट सुरुङ खनेर भागेका थिए । उनीसहित अन्य १२ जनासमेत कारागारबाट भागेका थिए ।

लगतै सप्तरीको गोबरगाडाबाट पक्राउ परेका उनलाई सिन्धुपाल्चोक कारागारमा कैद भुक्तानीको लागि पठाइएको थियो । तर उनी २०७२ वैशाख १२ गतेको भूकम्पका बेला फेरि पनि कारागारबाट भागेर भारत गएका थिए । मधेशी मुक्ती टाइगरको नामबाट पनि आपराधिक गतिविधि गर्ने यादव भारतको सुपोलस्थित दिदीको घरमा गएर बसेका थिए ।

पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले घुँडामुनि ताकेर एक राउण्ड गोली चलाएको थियो । तर उनलाई लागेन । गोली चल्दा आत्तिएर लडेका यादवलाई प्रहरीले नियन्त्रणमा लिई शुक्रबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ ।

यादवलाई बाँकी सजाय भुक्तानका लागि कारागार चलान गरेको प्रहरीले बताएको छ । उनले अब भुक्तान हुन बाँकी रहेको सजायको डेढी सजाय भोग्नु पर्नेछ ।

कारागार ऐन २०१९ को दफा २४ को ३ मा ‘कैद म्याद ठेकिएको कैदी भागेमा पक्रिएपछि निजलाई बाँकी कैदको डेढी बढाइ सजाय हुने’ प्रावधान छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780