सप्तरीमा दुई पदका लागि १७ जनाको उम्मेदवारी

राजविराज–स्थानीय तह उपनिर्वाचनमा सप्तरीको डाक्नेश्वरी नगरपालिकामा रिक्त दुई पदका लागि १७ जनाको उम्मेदवारी परेको छ ।

मंसिर १६ गते हुने उपनिर्वाचन तालिकाअनुसार आइतबार उम्मेदवारी दर्ता हो । वडा नम्वर १ र ४ का वडाध्यक्ष पदका लागि १७ जनाले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत गंगा कुमार मिश्रले जानकारी दिए । उनका अनुसार वडा नम्वर १ बाट ९ र ४ बाट ८ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराएकामध्ये एक जना महिला र १६ जना पुरुष छन् । वडा नम्वर १ मा नेकपा एमालेबाट भगवानी साह, नेपाली कांग्रेसबाट भुलिया देवी थरूनी, नेकपा माओवादी केन्द्रबाट प्रमोद कुमार संत, जनता समाजवादी पार्टी, नेपालबाट धिरेन्द्र कुमार साहले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, जनमत पार्टीबाट शैलेन्द्र कुमार साह (तेली), राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सतिश कुमार चौधरी थारू, नागरिक उन्मुक्ती पार्टीबाट अनरुद प्रसाद चौधरी र स्वतन्त्रबाट सुशिल साह र सियाकान्त चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै, वडा नम्वर ४ मा नेपाली कांग्रेसबाट जोगिनद्र राय अमात, नेकपा एमालेबाट संजय कुमार यादव, नेकपा(माओवादी केन्द्र)बाट भागवत राम, जनता समाजवादी पार्टी नेपालबाट देवेन्द्र प्रसाद यादव, नागरिक उन्मुक्ती पार्टीबाट शिवकुमार रामले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, जनमत पार्टीबाट उदित नारायण पंडित, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामकुमार यादव र जनता समाजवादी पार्टीबाट रविन्द्र रायले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

यसअघि वडा नम्वर १ मा निर्वाचित प्रितमलाल चौधरी र वडा नम्वर ४ मा निर्वाचित हरिप्रसाद चौधरीको निधन भएपछि उक्त पद रिक्त भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780