मिलेमतोमा कर्मचारी भर्ना लागेको भन्दै अस्पतालमा विवाद (भिडिओ)

राजविराज–मिलेमतोमा करारका कर्मचारी भर्ना गर्न लागेको भन्दै गजेन्द्रनारायण सिंह अस्पताल राजविराज विवादीत बनेको छ ।

आइतबार अस्पतालको प्रशासन शाखामा तालाबन्दी नै भएपछि सो विवाद सतहमा आएको हो । अस्पताल प्रशासनले मिलेमतो गरेर करारमा कर्मचारी भर्ना गरेको लागेको भन्दै कर्मचारी भर्नाका लागि आवेदन दिएकाहरु नै आन्दोलित भएका छन् ।

अस्पतालले गत जेष्ठ ३० गते गरेको निर्णयअनुसार आईसियू सञ्चालन गर्नका लागि गत असार १६ गते तीन वटा पदमा २२ जना करार कर्मचारीका लागि आवेदन आह्वान गरेको थियो । निवर्तमान निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा.नागेन्द्रप्रसाद यादवले २ जना एनेस्थेसियोलोजिष्ट, ५ जना मेडिकल अधिकृत र १५ जना स्टाफ नर्सका लागि आवेदन मागेका थिए ।

तर, उक्त आवेदनअनुसार प्रक्रिया अघि बढाइएन । फेरी अस्पतालकै निर्णय भन्दै भदौ २४ गते उक्त आवेदन नै दोस्रो पटक सुचना गरेर चार वटा पदमा १८ जना करार कर्मचारी मागे । निवर्तमान निमित्त मेसु डा. यादवले गरेको उक्त सूचनामा ५ जना मेडिकल अधिकृत, ८ जना अहेब, २ जना मेडिकल ल्याब टेक्नोलोजिष्ट र ३ जना सहायक कम्प्युटरका लागि आवेदन मागेका थिए ।

तर, दोस्रो पटक गरिएको सूचनामा संशोधन गर्न भएका निर्णयको मिति भने उल्लेख छैन । यद्यपी, सो सूचनामा करारमा कर्मचारी भर्ना गर्न पद र संख्यसमेत संशोधन गरिएको छ । दुई पटक सुचना गरेर पनि कर्मचारी भर्ना प्रक्रिया थालिएन ।

त्यहीबेला अस्पतालमा मेसु फेरिएपछि कर्मचारीहरु फरक ढंगले करारका कर्मचारी भर्ना गर्न चलखेल सुरु गरेको आन्दोलत पक्षले दावी गरेका छन् ।

अहिलेका मेसु डा.श्रीराम तिवारीले जारी गरेको तेस्रो पटकको सूचनामा पुनः संशोधन गरिएको छ । यस पटक भने मेडिकल अधिकृत र स्टाफ नर्सका लागि आवेदन मागेको छ भने यसअघि यी दुई पदमा आवेदन गरेका उम्मेवारहरुको दरखास्त स्वतः मान्य हुने भनिएको छ । तर, यी दुई बाहेकका पदमा आवेदन दिएकाहरुको दरखास्त के हुने भन्ने स्पष्ट गरेको छैन् ।

उनीहरुले अन्य उम्मेदम्मेदवारसँग रकम लिएर कर्मचारी भर्ना गरेको लागेको आरोप समेत लगाएका छन् ।

विषयमा बुझ्न मेसु डा.तिवारीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780