राजनीतिक परिवर्तनले जातीय उत्थान हुन्छः कृषि मन्त्री साह

राजविराज, १२ कार्तिक । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले सामाजिक परिवर्तन भएमा मात्र राजनीतिक परिवर्तन आउने र राजनीतिक परिवर्तनले जातीय उत्थान हुने बताएका छन् ।

तेली कल्याण समाज सप्तरीले विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा बुधबार आयोजना गरेको २६ औं मित्र मिलन समारोह तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सामाजिक परिवर्तनकोलागि सामाजिक उपब्धि हासिल गर्नुपर्ने र यसकोलागि समाजका बिकृति, विसङ्गती, कुरिती, भेदभाव लगायतलाई न्यूनिकरण गर्नुपर्नेमा मन्त्री साहले जोड दिए । कृषि मन्त्रलायले साना सिचाईकोलागि स्यालो ट्युवेल, पावर ट्याक्टर, पशु अस्पताल लगायतको कार्यक्रम निकट भविष्यमै सञ्चालन गर्न लागेको जानकारी दिदै उनले एक कठ्ठादेखि १० कठ्ठासम्मका कृषकलाई खेतीमा सहयोग पुग्ने उद्देश्यले सिधै खातामा १० हजार रुपैया अनुदान पठाउन लागेको जानकारी दिए ।

तेली कल्याण समाजका अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश २ का सभा सदस्य नेत्र बिक्रम साह, साह सेवा सदनका अध्यक्ष दुर्गा साह, समाजका केन्द्रिय सदस्य सुनिता साह, साह शिक्षक तथा कर्मचारी मिलन केन्द्रका अध्यक्ष धर्मदेव साह, जिल्ला वार इकाइका अध्यक्ष डोमन साह, साह युवाका अध्यक्ष रामअधिन साह, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धीरेन्द्रप्रसाद साह, सदनका संस्थापक अध्यक्ष रामचन्द्र साह, साह सेवा सदनका अध्यक्ष प्रत्यासी योगानन्द साह, अरहुलदेवी साह लगायतले आर्थिक, सामाजिक, शैक्षिक एवं राजनीतिक उत्थानमा जोड दिए ।

तेली कल्याण समाज, साह सेवा सदन, साह शिक्षक तथा कर्मचारी मिलन केन्द्र, साह महिला, साह युवाको संयुक्त आयोजनामा आयोजित सो कार्यक्रममा अवकाश प्राप्त २५ जना शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको छ । सोही कार्यक्रममा विशेष योग्दान पु¥याएका कर्मचारी गंगा साह, योगानन्द साह, र कामेश्वर साहलाई समेत सम्मान गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस