विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ४७ लाख ३७ हजारबढी

जनकपुरधाम । विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ४७ लाख ३७ हजार नाघेको छ । वल्र्डोमिटरका अनुसार पछिल्लो पटक थप ५ लाख १ हजार ६ सय १ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ करोड ४७ लाख ३८ हजार नाघेको छ ।

यसैगरी कोरोना संक्रमणबाट थप ७ हजार ९१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या ११ लाख ७८ हजार ५ सय १४ पुगेको छ । विश्वमा कोरोना संक्रमण देखिएकामध्ये ३ करोड २७ लाख बढी संक्रमण मुक्त भइसकेका छन् भने अझै १ करोड ८५ लाख ५९ हजार सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ९१ लाख १८ हजार नाघेको छ । कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या २ लाख ३३ हजार नाघेको छ ।

कोरोनाबाट प्रभावित मुलुकमध्ये दोस्रो नम्बरमा रहेको भारतमा संक्रमितको संख्याा ८० लाख ३८ हजार नाघेको छ । भारतमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २० हजार ५ सय नाघेको छ ।

भारतपछि ब्राजिलमा सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या ५४ लाख ६९ हजार पुगेको छ । ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५८ हजार ४ सय नाघेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस