पत्रकार रबि लामिछाने दम्पत्तीमा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम, १३ कार्तिक । पत्रकार रबि लामिछाने दम्पत्तीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आफु र पत्नी निकिता पौडेलको पिसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको लामिछानेले समाजिक सञ्जालमार्फत सार्वजनिक गेका हुन् ।

उनले लेखेका छन्, ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’

Author:



क्याटोगरी छान्‍नुहोस