जनमत पार्टीद्वारा बोदे बरसाईनमा मोटरसाईकल र्याली

राजविराज, १३ कार्तिक । जनमत पार्टी नगर कमिटी बोदे बरसाईनले गर्न लागेको वडा अधिवेशनको प्रचार प्रसारमा जुटेको छ । सोही क्रममा आज (विहिवार) सप्तरीको बोदे बरसाईन नगरपालिकामा मोटरसाईकल र्यालीको आयोजना गरेको छ ।

जनतालाई अधिवेशनबारे जानकारी गराउने उद्देश्यले मोटरसाईकल र्याली निकालिएको पार्टीका नगर संयोजक ईन्जिनियर आलोक यादवले मधेश लाइभलाई जानकारी गराए । उनका अनुसार नगरपालिकामा भोली (शुक्रवार) र २३ गते वडा अधिवेशन गर्न लागिएको हो । सो र्यालीमा ५ सयबढी पार्टीआवद्ध नेता–कार्यकर्ताहरुको सहभागीता थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस