विप्लव समुहका सेक्सन कमाण्डर शेर्पा हतियारसहित पक्राउ

राजविराज, ७ मंसिर । मोरङमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह)का सेक्सन कमाण्डरलाई हतियार र गोलीसहित पक्राउ गरिएको छ । शनिवार उर्लाबारी नगरपालिका–६ बाट हतियार र गोलीसहित फक्ताङलुङ गाउँपालिका–२ ताप्लेजुङका ३२ बर्षीय पेम्बा साङगे शेर्पालाई पक्राउ गरेको हो ।

हतियारसहित पक्राउ परेका शेर्पा विप्लव समूहका सेक्सन कमाण्डर रहेको अनुसन्धानबाट खुल्न आएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

उनको साथबा अटो पिस्टल यूएसए लेखिएको पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली ३ राउण्ड, म्यागजिन १ थान, मोवाइल ३ थान, व्याग ८ थान, ज्याकेट १८ थान र बिभिन्न किसिमका कागजपत्र बरामद भएको छ ।

शेर्पामाथि हातहतियार तथा खरखजाना मुद्दामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस