विराटनगर । मोरङ र झापाका छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र ट्याब्लटसहित ५ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आईतवार साँझ दमक नगरपालिका–१ का ३२ बर्षीय देवेन्द्र राईलाई पक्राउ गरेको हो । उनको साथबाट २ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरी जनाएको छ ।
यसैगरी झापाको गौरादह नगरपालिका–१ बाट पनि गौरादह नगरपालिका–३ का २७ बर्षीय लक्ष्मण दास र १९ बर्षीय राम शाहलाई ब्राउनसुगरसहित पक्राउ गरिएको । दुवै जनासँग २३ ग्राम २ सय मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको छ ।
यसैगरी मोरङको रतुवामाई नगरपालिका–२ डोरीयाबाट लागुऔषध ट्याब्लेटसहित रतुवामाई नगरपालिका–९ का २४ बर्षीय दिपेश घिमिरे र २४ बर्षीय संजिव भट्टराईलाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट २ सय ट्याब्लेट लागुऔषध बरामद भएको १ नम्वर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।