कोरोनाको रोकथाम: हनुमाननगर कंकालिनीमा शैलुन बन्द, हटिया लगाउन पनि रोक

राजविराज, १५ वैशाख । कोभिड–१९ संक्रमणको महामारीलाई रोकथाम गर्न सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा साप्ताहिक हाट (हटिया) लगाउन रोक लगाइएको छ । नगर प्रमुख शैलेन्द्र कुमार साहको अध्यक्षतामा बुधवार बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकबाट सोसहित अन्य १२ वटा निर्णय भएको छ । हाटमा अत्याधिक भीडभाड भइरहेको र यसले कोभिड–१९ संक्रमण तीव्र रुपमा बढ्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मकालागि नगरभरि हाट लगाउन रोक लगाएको मेयर साहले जानकारी दिए ।

यसैगरी नगर क्षेत्रभरिमा रहेका शैलुनहरु पनि वैशाख १९ गतेबाट बन्द गर्ने निर्णय भएको छ भने होटल व्यवसायी पनि वेलुकी ९ बजेपछि अनिवार्य बन्द गर्न निर्णय भएको छ । ‘शैलुनबाट कोभिड सर्नसक्ने सम्भावना बढी देखिएकाले वैशाख १९ गतेबाट शैलुन बन्द गर्ने निर्णय भएको हो’ नगर प्रमुख साहले भने–‘कोभिड–१९ बाट बच्न बचाउनका लागि विभिन्न १२ वटा निर्णय भएको छ।’

कोभिडबाट जोगिन जनचेतना फैलाउने, सबैजसो वडाहरुमा मास्क र स्यानिटाइजर वितरण गर्ने, कोभिडको आंशका देखिएका व्यक्तिलाई तत्कालै एन्टिजेन परीक्षण गर्ने, संक्रमितहरुलाई राख्न आइसोलेसन तयार गर्ने, हेल्फ डेक्स तयार गर्ने निर्णय भएको उनले बताए ।

यसैगरी स्थानीय प्रशासनसँगको समन्वयमा मास्क नलगाउने व्यक्तिलाई ठाउँको ठाउँ कारबाही गर्ने लगायतको निर्णयहरु भएको नगर प्रमुख साहले बताए ।

‘प्रशासनसँगको समन्वयमा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन अन्तर्गत ठाउँको ठाउँ कारबाही गर्ने हामीले निर्णय गरेका छौं’ उनले भने–‘मास्कका साथै कोभिडबाट बच्न बचाउन नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डको पालना गर्ने र गराउने कार्यमा हामी कुनै कसर बाँकी राख्ने छैनौं ।’ नगर प्रमुख साहले स्वास्थ्य मापदण्डको पालना गर्न सबैलाई आग्रह पनि गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780