उच्च अदालत जनकपुरमा साउन मसान्तसम्म निश्चित बाहेकका काम स्थगन

राजविराज, १५ साउन । उच्च अदालत जनकपुरमा कार्यरत एक न्यायाधीशमा कोरोना पोजेटिभ आएपछि शुक्रवारदेखि साउन मसान्तसम्म निश्चित बाहेक अन्य कामकार्वाही स्थगन गर्ने निर्णय भएको छ ।
उच्च अदालत, जिल्ला अदालत धनुषा, नेपाल बार एसोसिएसन, जिल्ला सरकारी वकील कार्यालय समेतको छलफल तथा विचार विमर्शबाट यस्तो निर्णय गरिएको हो । गत मङ्गलवार न्यायाधीशसहित २२ जना स्वाब संकलन गरिएकोमा एक न्यायाधीशको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि प्रदेश २ भरी नै कोरोना तिब्र रुपमा फैलिरहेकोले जोगिनकालागि सुरक्षित र सावधान रहनुपर्ने भएको ठहर गर्दै उच्च अदालत जनकपुरले विहीबार सार्वजनिक सूचना जारी गरी निश्चित बाहेक अन्य कामकार्वाही स्थगन गर्ने निर्णय गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस