सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

राजविराज, ०५ श्रावण । सप्तरीमा सोेमवार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ३ सय ८५ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । जसमध्ये २ सय ७२ जना संक्रमित निको भएर घर फर्किएका छन ।
कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार सोमवार राजविराज, सुरुङ्गा र हनुमाननगर कंकालिनी नगरपालिका तथा विष्णुपुर, बलान विहुल र तिलाठी कोइलाडी गाउँपालिकामा नयाँ संक्रमण भेटिएको हो । कोरोनाबाट मृत्यु भएका वृद्धसँग जोडिएका २ र अन्य १ जना गरी राजविराजका ३ जनामा संक्रमण पुष्टि भएको छ भने सुरुङ्गा र हनुमाननगर कंकालिनीमा १–१, विष्णुपुर र बलान विहुलमा पनि १–१ तथा तिलाठी कोइलाडीमा २ जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।

#कोरोना

Author:



क्याटोगरी छान्‍नुहोस