मधुश्रावणी गीत प्रतियोगितामा किरण झा पुरस्कृत

राजविराज । मधुश्रावणी पर्वको अवसरमा सोमवार मैथिल महिला परिषदद्वारा राजविराजमा पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको सभाकक्षमा आयोजित गीत प्रतियोगितामा किरण झा पुरस्कृत भएकी छिन् ।
उर्मिला झाको स्मृतिमा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाद्वारा स्थापित उर्मिला झा स्मृति मैथिली गीत प्रतियोगितामा राजविराज नगरपालिका वडा नम्वर ७ निवासी मैथिली साहित्य परियदकी आजिवन सदस्य एवम् मैथिल महिला परिषद बोरिया शाखाकी अध्यक्ष किरण पुरस्कृत भएकी हुन् । मैथिल महिला परिषदकी अध्यक्ष शान्ति झाको अध्यक्षतामा आयोजित कार्यक्रममा तिलाठी निवासी सम्प्रति राजबिराज ६ कि लक्की मनुलाई आयोजकद्वारा सम्मान गरिएको छ । यसका साथै सहभागीहरुलाई सुहागीनको चुरा र सिन्दुर उपहार दिईएको छ ।

गीत प्रतियोगितामा हीरा ठाकुर, शोभा देव, खुशी देव, किरण झा, पुष्पा झाले भाग लिएकी थिईन् । यस्तै अप्रतियोगीहरुमा कञ्चन झा, प्रतिमा देव, हीना झा, पिंकी कुमारी, ललिता झाले मधुश्रावनी सम्वन्धी गीत प्रस्तुत गरेकी छिन् । प्रयोगिताको निर्णायकहरुमा देवेन्द्र मिश्र, हीना झा, प्रतिमा देव रहेका थिए ।
स्व. पत्रकार उमासिंहको स्मृतिमा उमासिंह, बैद्य (प्रकाश मानव अधिकार पुरस्कार स्थापित गरेका पत्रकार बैद्यनाथ झाले पुनः उर्मिला झा स्मृति पुरस्कार स्थापना गरेकोमा आयोजक समितिको तर्फबाट धन्यवाद दिईएको छ । पत्रकार झाले प्रतिनिधिको रुपमा छोरी ललितालाई पठाएकी थिईन् । दुई हजार दुई सय पाँच रुपैयाँको उक्त पुरस्कार शान्ति झा र ललिताले संयुक्त रुपमा प्रदान गरिन् । कार्यक्रम सञ्चालन महिला परिषद्की सचिव पिंकी कुमारी झाले गरिन् ।

Author:



क्याटोगरी छान्‍नुहोस