राजविराज, ०६ श्रावण । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण तथा रोकथामका निम्ति सरकारले गरेको बन्दाबन्दी (लकडाउन) अन्त्य भएको बताएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले मंगलवार राति १२ बजेपछि बन्दाबन्दी अन्त्य भएको जानकारी दिएका हुन् । सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी आह्वान गरेको थियो ।