राजविराज, ०७ श्रावण । सप्तरीमा थप १४ जना नयाँ संक्रमित फेला परेसँगै सदरमुकाम राजविराजका समूदायमा कोरोना फैलिएको पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीले राजविराजका समूदायस्तरमा कोरोना फैलिएको पुष्टि गरेको हो । कार्यालयका प्रमुख दुनीयालाल यादवले बुधवार राजविराज १३ सहित १४ जनाको रिपोर्ट पोजेटिभ आएको बताउनुभएको छ ।
यसैगरी, अग्निसाईर कृष्णसवरण गाउँपालिका–१ का एक पुरुषमा संक्रमण देखिएको प्रमुख यादवले जानकारी दिनुभएको छ । समुदायस्तरमा संक्रमण पुष्टि भएसँगै कोरोना नियन्त्रण तथा रोकथामका निम्ति थप निर्णय गर्न वैठक बस्ने तयारी थालिएको जनाएको छ ।