राजविराज नगर क्षेत्रभरि निषेधाज्ञा गर्ने निर्णय

राजविराज, ०७ श्रावण । सप्तरी सदरमुकाममा कोरोना संक्रमण फैलिएसँगै नगर क्षेत्रभरि अनिश्चितकालिन निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।
जिल्ला सुरक्षा समितिको बुधवार बसेको आकस्मिक बैठकले विहिवार विहान ५ बजेदेखि लागु हुने गरी राजविराज नगर क्षेत्रभरि अनिश्चितकालिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका निम्ति आकस्मिक बसेको वैठकबाट निषेधाज्ञा गर्ने निर्णय गरिएको समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए । निषेधाज्ञाको अवधिमा घरभित्रै बस्न नगरवासीलाई उनले आग्रह पनि गरे ।

बुधवार मात्रै सप्तरीमा १४ जना संक्रमित देखिएकोमा १३ जना राजविराजकै सर्वसाधाण कोरोना पोजेटिभ पाइएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस