आठै जिल्लामा कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रहने

राजविराज । प्रदेश नम्वर २ को भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत आठ ओटै जिल्लामा अब कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रहने भएको छ ।
कृषि ज्ञान केन्द्र नरहेको सिरहा, महोतरी तथा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नरहेको सप्तरी र बारामा थप कार्यालय स्थापना गर्न निर्णय मन्त्री परिषद्को बैठकले गरेको हो । नयाँ स्थापना हुने कृषि ज्ञान केन्द्रहरु सोही जिल्लाको खारेजीमा परेका साविकका कृषि विकास कार्यालयको भवनमा तथा भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र सोही जिल्लामा खारेजीमा परेको साविक जिल्ला पशु कार्यालयको भवनमा कार्यालय स्थापना हुने निर्णय भएको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780