कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुग्यो

राजविराज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ जना पुगेको छ । पछिल्लो पटक थप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा पर्साका ६५ वर्षीय वृद्ध, धनुषाका ३६ वर्षीय पुरुष र बाराका ६० वर्षीय पुरुष छन । पर्सामा मृत्य भएका व्यक्ति भारतीय नागरिक रहेको बताइएको छ । यसैगरी, धनुषाका पुरुषलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ ।

बारामा ६० वर्षीय वृद्धको त्रिवि शिक्षण अस्पतालमा मृत्य भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस