सप्तरीमा १५ जनामा नयाँ संक्रमण पुष्टि

राजविराज, १२ साउन । सप्तरीमा साेमवार थप १५ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

राजविराज नगरपालिका तथा बलान विहुल र तिलाठी काेइलाडी गाउँपालिकामा गरि थप १५ जना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

राजविराज नगरपालिका वडा नं. ३ का २७ वर्षीय र ८ का २४ वर्षीय गरि २ जना, तिलाठी काेइलाडी गाउँपालिका वडा नं. २ का ५ जना र वडा नं. ६ का १ जना गरि ६ जनामा संक्रमण देखिएको छ ।

वडा नं. २ का ५ जना भने विष सेवन गरी अस्पताल भर्ना गराइएपछि काेराेना संक्रमण पुष्टि भएका व्यक्तिसँगकाे सम्पर्क अाएका व्यक्तिहरु रहेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

यसैगरी, बलान विहुल गाउँपालिका वडा नं. १ का १ जना, ४ का २ जना, वडा नं. ३ का ३ जना र वडा नम्बर नखुलेको एक गरि ७ जनामा संक्रमण देखिएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780