काेराेना: एकैदिन विश्वभर ५ हजारबढीले ज्यान गुमाए

राजविराज। काेराेना संक्रमणका विश्वभर साेमवार मात्रै ५ हजार ४९० जनाले ज्यान गुमाएका छन । आइतबारको तुलनामा यो संख्या धेरै हो । आइतबार ४ हजार ८२३ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

तथ्यांकअनुसार शनिबार ६ हजार २७० जनाले संक्रमितबाट ज्यान गुमाएका थिए । यसैगरी शुक्रबार भने ९ हजार ७५३ जनाले संक्रमितबाट ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनकाे तथ्यांकले देखाउँछ ।

संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ६ लाख ४६ हजार नाघे

कोरोना संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ६ लाख ४६ हजार नाघेको छ । संक्रमणले विश्वभर हालसम्म ६ लाख ४० हजार ६४१ जनाले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनकाे तथ्यांकले देखाउँछ ।

सबैभन्दा बढी अमेरिका र दोस्रोमा ब्राजिलमा काेराेना संक्रमण देखिएको छ । चीनकाे वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभरका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

संक्रमितकाे संख्या १ कराेड ६१ लाख

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ६१ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ६१ लाख १४ हजार ४४९ पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।

Author:



क्याटोगरी छान्‍नुहोस