कोरोनालाई जित्न सफल भईन् ऐश्वर्या र आराध्या

राजविराज । बलिवुडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आराध्या कोरोना भाइरसलाई जित्न सफल भएकी छिन् । यसबारे अभिनेता अभिशेक बच्चनले आफ्नी पत्नी ऐश्वर्या र छोरी आराध्याको पीसीआर रिपोर्ट नेगेटिभ आएको भनी सामाजिक ट्वीटरमा ट्वीट गरी जानकारी सार्वजनिक गरेका छन् ।
अभिषेकले उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा आफ्ना समर्थक एवम् शुभचिन्तकहरुले निको हुनका लागि गरेको कामनाप्रति धन्यवाद् दिएका छन् । आफ्ना पिता महानायक अमिताभ बच्चन भने अस्पतालमै चिकित्सकको रेखदेखमा रहेको उनले बताएका छन् । ट्वीटमा अभिषेकले ऐश्वर्या और आराध्या दुवै जना सोमवारै अस्पतालबाट डिस्चार्ज भएको खुलासा गरेका छन् ।

दुई साता अघि अमिताभ बच्चन र अभिषेक बच्चनपछि ऐश्वर्या र छोरी आराध्यामा कोरोना पोजेटिभ आएको भनी स्वास्थ्य मन्त्री राजेश टोपेले ट्वीट मार्फत जानकारी सार्वजनिक गरेका थिए । अमिताभ बच्चनकी पत्नी जया बच्चनको भने कोरोना नेगेटिभ आएको थियो । अमिताभ बच्चन र अभिषेक बच्चन हाल नानावती अस्पतालमा भर्ना छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस