विरगन्जमा ३ स्वास्थ्यकर्मीसहित १५ जना संक्रमित

राजविराज । पर्साकाे विरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा १४ पुरूष तथा १ महिला गरी १५ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । जसमा ३ जना स्वास्थ्यकर्मी रहेको अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिए ।

उनकाअनुसार संक्रमण पुष्टि हुनेमा स्वास्थ्यकर्मी, कन्ट्याक्ट ट्रेसिङमा परेका, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका र कारखानामा कार्यरत कर्मचारीहरु पनि रहेका छन् ।

कोरोना संक्रमित पुष्टि हुनेमा इलाका जिल्लाका १, जिल्ला प्रहरी कार्यलय पर्साको थुनुवामा रहेका १ रहेकाे छन् भने वीरगन्ज महानगरपालिका वडा नं. ११ श्रीपुरका २ जना, वडा नं. ४ का २ जना, वडा नं. ७ का २ जना, वडा नं. १३ का २ र वडा नं. २३ का १ जना रहेका छन् ।

यसैगरी, बारा जिल्लाका एक पुरूष र कारखानामा कार्यरत तीन कर्मचारी रहेको जनाएको छ । याेसंगै पर्सामा संक्रमितको संख्या २ सय ७२ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस