राजविराज, १३ साउन । हत्या भएको १६ दिनपछि सप्तरीको शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका मृतक त्रिभुवन रामको साइकल फेला परेको छ ।
वडा नम्वर ३ स्थित कजरा खोलामा मृतक रामको साइकल मंगलवार भेटिएको हो । गत असार २९ गते सोमवार वेपत्ता भएका ४२ वर्षीय रामको शव असार ३० गते मंगलवार साँझ मुतनी नदीमा भेटिएको थियो ।
यसरी भयो हत्या
मृतकका परिवारले दिएको जानकारीअनुसार गत असार २९ गते सोमवार उनी जग्गाको मोही सम्वन्धी विवादमा छलफल गर्न इलाका प्रहरी कार्यालय रुपनी पुगेको थियो । सोही ठाउँका रासलाल पालसँग उनको जग्गा विवाद थियो ।
विहान पनि नआएपछि हामीले खोजी गर्न सुरु गरे, पछि प्रहरीलाई जानकारी गराए’ उनले भनिन्–‘इलाका प्रहरी कार्यालय रुपनीबाट आएको टोलीले खोज्दै जाँदा करिब वेलुकी ४ बजेतिर वडा नं.३ स्थित मुतनी नदीमा उहाँको शव फेला पर्यो ।
छलफलपछि रामका हजुरबुवाकै पालादेखि मोही रहेको प्रमाण देखाएपछि रामकै पक्षमा निर्णय भयो । छलफल आफ्नो पक्षमा भएपछि खुशी हुँदै गाउँ फर्किएका राम आफ्ना चार साथीसँग सोमबार साँझ शम्भुनाथ नगरपालिका–३ नरही पुगेर खानपीन गरे । ‘अबेर रातिसम्म पनि उनी घर नआएपछि मोवाइल सम्पर्क गर्न खोजे । तर मोवाइल अफ आइरहेको थियो’ मृतककी पत्नी घुरनीदेवी रामले भनिन्–‘साथीहरुकोमा सुतेको हुनसक्ने लागेर त्यसपछि पनि गरिन ।’
विहान पनि उनी घर नफर्किपछि परिवारका सदस्यले खोजी गर्न थाले । ‘विहान पनि नआएपछि हामीले खोजी गर्न सुरु गरे, पछि प्रहरीलाई जानकारी गराए’ उनले भनिन्–‘इलाका प्रहरी कार्यालय रुपनीबाट आएको टोलीले खोज्दै जाँदा करिब वेलुकी ४ बजेतिर वडा नं.३ स्थित मुतनी नदीमा उहाँको शव फेला पर्यो ।’
परिवारजनले घटनामा संलग्नमा रहेको भन्दै शम्भुनाथ नगरपालिकाकै शम्भु साह, प्र्रभु साह, रासलाल पाल, अञ्जली चौधरी, सुरेन्द्र गडेरी, पवन चौधरी र संतोश चौधरीमाथि जाहेरी हालेपछि प्रहरीले सुक्ष्म अनुसन्धान थाले ।
संघर्ष समिति गठन
पीडित परिवारलाई न्याय दिलाउन दलित अगुवा प्रथमलाल रामको संयोजकत्वमा संघर्ष समिति नै गठन गरे । शम्भुनाथ नगरपालिका–३ स्थित गत असार १० गते बसेको दलित अगुवाहरुको बैठकले संघर्ष समिति गठन गरेका हुन् ।
गठित समितिले पीडित परिवारलाई न्याय दिलाउन संघर्ष थाल्ने तयारीमा छन । ‘हामीलाई न्याय चाहिन्छ, दोषी ७ जनालाई कानूनी कारवाही नभए हामी आन्दोलन नै थाल्छौं’ संयोजक रामले भने–‘दलितहरु नै कति अन्याय र अत्याचार सहने, न्याय नपाए हामी आन्दोलन गरेरै प्राण त्याग छौं ।’
समितिमा जयप्रसाद राम, रामकुमार मण्डल, शिवजी राम, झवर राम, डिकबहादुर विश्वकर्मा, बद्री सदा, दिपककुमार पासवान, सिराम पासवान, राजेन्द्र सरदार, धर्मदेव दास, असर्फी साद, प्रमोद मरिक लगायत ३५ सदस्यीय सर्षघ समिति छन ।