बजार निस्किदा विचार गर्नुस्, जरिवाना तिर्नुपर्ला है!

राजविराज । गत आइतवार (साउन ११ गते) जिल्ला प्रशासन कार्यालय सप्तरीले सुचना जारी कार्यालय तथा पसल, हाट बजारसहितका सार्वजनिक स्थलमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न सवैमा आग्रह गरे ।

राजविराजका समूदायस्तरकासाथै जिल्लामा कोरोना संक्रमण तीव्र रुपमा बढ्न थालेपछि प्रशासनले सेनिटाइजरको प्रयोग गर्न, पटक–पटक साबुन पानीले हात सफा गर्न पनि आग्रह गरे । र, मास्क नलगाई हिलडुल गर्नेलाई कार्वाही गरिने चेतावनी पनि दिए ।

यद्यपी, केही सर्वसाधारणले अटेरी गर्न छोडेन् । संक्रमण नियन्त्रण तथा रोकथाम कार्यमा जुटेका प्रशासनले बाध्यत भएर अटेरी गर्नेहरुलाई कार्वाही गर्न थाले । जसअनुसार मंगलवार मात्रै पसल, हाट बजारसहितका सार्वजनिक स्थलहरुमा मास्क नलगाई हिलडुल गरिरहेका १ सय २३ जनालाई नियन्त्रण लिइयो ।

अटेरी गरी राजविराज, हनुमाननगर, भारदह, कञ्चनरुप, रुपनी, कल्याणपुर लगायतका स्थानहरुमा हिलडुल गरिरहेका १ सय २३ जनालाई नियन्त्रणमा लिइएको डिएसपी तिलक भारतीले जानकारी दिए । ‘मास्क नलगाई हिलडुल गरिरहेका १ सय २३ जनालाई नियन्त्रणमा लिई कार्वाहीकालागि जिल्ला प्रशासन कार्यालयको जिम्मा लगाए’ उनले भने–‘अत्यावश्यक कामबाहेक बाहिर ननिस्किनु, निस्किनै पर्यो भने अनिवार्य मास्क लगाउनुस् ।’

संक्रमण नियन्त्रण गर्न सवैको भुमिका अति आवश्यक रहेकोले सवैलाई सहयोग गर्न डिएसपी भारतीले आग्रह गरे । उता, जिल्ला प्रशासनले नियन्त्रणमा लिइएका सवैलाई कार्वाही स्वरुप १ सय रुपैयाँ जरिवाना गरी छाडिएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780