कोरोनाः सप्तरीमा फेरी ४ जनामा संक्रमण पुष्टि

राजविराज, १३ साउन। सप्तरीमा मंगलवार पनि चार जना कोरोना संक्रमित थपिएका छन । शम्भुनाथ र बोदे बरसाईन नगरपालिकाका चार जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ४६६ जना पुगेको कार्यालयका प्रमुख प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

बोदे बरसाइन नगरपालिका–५ का २४ वर्षीय तथा वडा नंं. ८ का १८ र २६ वर्षीय पुरुष र शम्भुनाथ नगरपालिका–३ का ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यसअघि सोमवार पनि १५ जनामा संक्रमण पुष्टि भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780