जनचेतनामा करोड रुपैयाँ खर्चियो तर उपलब्धी भएन

राजविराज । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका हेतु सप्तरीका स्थानीय तहहरुले हालसम्म १ करोडभन्दा बढी रुपैयाँ जनचेतना फैलाउने कार्यमा खर्च गरे । तर, उपलब्धी भने शून्य ।

गत मंगलवार (साउन १३ गते) मात्रै सार्वजनिक स्थलहरुमा मास्क नलगाई हिलडुल गरिरहेका १ सय २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीय तहहरुबाट जनचेतनाको नाममा खर्चिएको बजेटको उपलब्धी भएको देखिदैन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमित विरामीले श्वास फेर्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्केका सिंगान, थुक, र्यालका छिटाहरु नजिकै (१-३ मिटर फिट) रहेका स्वस्थ व्यक्तिको शरीरभित्र प्रवेश गरेमा कोरोना भाइरस सर्न सक्छ ।

स्थानीय सरकारले गम्भिरता वुझेकै छैन, नभई यो अवस्था नै हुँदैन थियो’ नागरिक सञ्जालका संस्थापक अध्यक्ष सुखराम यादवले भने–‘जनचेतना फैलाइएको होला । तर, बजार एरियामै यति धेरै संख्यामा मास्क नलगाई हिलडुल गरिरहेका व्यक्ति फेला पर्नुले सहजै अनुमान गर्न सकिन्छ, जनचेतना फैलाउने कार्य भयो कि बजेट पचाउने ।

जसकालागि संक्रमित क्षेत्रका प्रत्येक व्यक्तिलाई मास्कको प्रयोग गर्नुपर्ने स्वास्थ्य संगठनले सुझाव दिँदै आएको छ पनि । सोही सुझावका आधारमा भाइरस विरुद्ध सप्तरीका स्थानीय तहहरुले पनि जनचेतना फैलाउन कार्यमा लागेका छन । तर भाइरस विरुद्ध जनचेतना फैलाउने कार्य भने प्रभावकारी देखिएको छैन । ‘स्थानीय सरकारले गम्भिरता वुझेकै छैन, नभई यो अवस्था नै हुँदैन थियो’ नागरिक सञ्जालका संस्थापक अध्यक्ष सुखराम यादवले भने–‘जनचेतना फैलाइएको होला । तर, बजार एरियामै यति धेरै संख्यामा मास्क नलगाई हिलडुल गरिरहेका व्यक्ति फेला पर्नुले सहजै अनुमान गर्न सकिन्छ, जनचेतना फैलाउने कार्य भयो कि बजेट पचाउने ।’

उनले अझै समय रहेको भन्दै गम्भिरतापूर्वक कार्य गर्न स्थानीय तहहरुलाई आग्रह पनि गरे । ‘गम्भिरतापूर्वक कार्य गर्ने बाहेक विकल्प पनि छैन, नत्र अवस्था थप भयावह हुनसक्ने विषय कसै समक्ष लुकेको छैन’ उनले भने–‘सर्वसाधारणको स्वास्थ्यसँग खेलवाड गर्ने छुट कसैलाई पनि छैन ।’
संक्रमण विरुद्धको कार्यमा हेलच्क्रयाई नगर्न पूर्व मन्त्री उमेशकुमार यादवले पनि स्थानीय सरकारहरुलाई आग्रह गरे । ‘सर्वसाधारणले आफैं सचेत भएर बस्नुपर्ने थियो र केही सचेत छन पनि, तर केहीले समान्य सावधानी पनि अपनाएको देखिदैन, त्यसपछिको दायित्व स्थानीय सरकारले नै बोध गराउनुपर्छ’ उनले भने–‘तर दुःखद नै भन्नुपर्छ महामारीको बेला पनि स्थानीय सरकारले आफ्नो दायित्व बोध गराउन सकेको छैन ।’

‘स्थानीय सरकारले हामीसँग समन्वय नै गर्दैनन्’

जिल्ला समन्वय समिति सप्तरीका संयोजक प्रभाकर यादवले संक्रमण नियन्त्रण गर्न स्थानीय तहहरुले गरेको वा गरिरहेको कार्यको विषयमा जानकारी नै नगराएको प्रतिक्रिया दिए । ‘राजविराजमा संक्रमण बढ्दो रहेकाले अहिले सर्वसाधारणहरु त्रसित छन्, संक्रमण नियन्त्रण गर्न स्थानीय सरकारहरु सक्रिय छन पनि । तर, आफुहरुसँग समन्वय भने गरेको छैन्’ उनले मधेश लाइभलाई भने–‘अहिलेको अवस्था हेर्दा जिल्लाभर नै उच्च सतर्कता अपनाउनुपर्ने हुन्छ, जसकालागि समन्वय गर्न हामीले प्रत्येक स्थानीय तहमा पत्रचार पनि गरे, जवाफ फर्काइएको छैन् ।’

जस कारणले आफुहरुलाई स्थानीय सरकारबाट भइरहेको कार्यको विषयमा जानकारी नभएको संयोजक यादवले बताए । ‘यद्यपी, हाम्रो प्रयास जारी छ, उनले भने ।’

Author:



क्याटोगरी छान्‍नुहोस