पेन्सन कटौती गर्ने प्रावधानले ७ सयबढी कर्मचारीद्वारा राजीनामा

राजविराज । गत आर्थिकमा ७ सयभन्दा बढी निजामती कर्मचारीले राजीनामा गरेका छन । संसदमा विचाराधीन प्रशासन कानुन मस्यौदामा अनिवार्य अवकाशपछि पाउने निवृत्तिभरण (पेन्सन) रकम कटौती गर्ने प्रावधान राखिएपछि निजामती कर्मचारीले राजीनामा गरेका हुन् ।

निजामती कितावखानाका अनुसार अनिवार्य अवकाश पाउनुअघि नै बढी पेन्सन सुविधा लिन ७ सय २० कर्मचारीले राजीनामा गरेको हुन् । यो संख्या अघिल्लो आवको भन्दा दोब्बर रहेको जनाएको छ । किताबखानाका उपमहानिर्देशक अद्वैतप्रकाश श्रेष्ठले अघिल्ला वर्ष अनिवार्य अवकाशभन्दा अघि राजीनामा गर्ने कर्मचारीको संख्या बढीमा साढे ३ सयसम्म हुने गरे पनि गत आवमा दोब्बरले बढेको नागरिक दैनिकले खबर छापेको छ ।

किताबखानाले आर्थिक वर्ष २०७७/७८ मा १ मुख्यसचिव, १९ सचिवसहित २ हजार ४ सय ८० कर्मचारीले ५८ वर्ष उमेर हदका कारण अवकाश पाउन लागेको जानकारी गराएको छ ।

फायल तस्बिर ।

Author:



क्याटोगरी छान्‍नुहोस