सप्तरीमा घुस काण्डः नासु ठाकुरविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर

राजविराज, १४ साउन । घुस लिएको आरोपमा पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका नायब सुब्बा (नासु) कृष्ण बल्लभ ठाकुरविरुद्ध बुधवार विशेष अदालत काठमाण्डौंमा आरोप पत्र दायर गरिएको छ ।

उनीमाथि १३ हजार रुपैयाँ विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजायको माग गरिएको छ । अख्तियार दुरुपयाग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार ठाकुरले सेवाग्राहीको नाममा दर्ता रहेको जग्गाको चेकजाँच प्रतिवेदन अनुसार श्रेस्ता कायम गरिदिने प्रयोजनका लागि आफ्नो जिम्मेवारी र पदीय दायित्वको ख्यालसम्म नगरी रकमको बार्गेनिङ्ग गरेर घुस दिन वाध्य पारेका छन ।

सोही वापत १३ हजार रुपैयाँ लिएर ठाकुरले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको पाइएपछि विशेष अदालतमा आरोप पत्र दायर गरिएको प्रवक्ता अधिकारीले बताए ।

नासु ठाकुरलाई गत असार ३० गते अख्यितार दुरुपयोग अनुसन्धान आयोग, इटहरीबाट खटिएको टोलीले सेवाग्राहीसँग घुस लिँदैगर्दा पक्राउ गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस