नेपालमा एकैदिन कोरोना संक्रमणबाट तीन जनाकाे मृत्यु, मृतकको संख्या ५२ पुग्यो

राजविराज । नेपालमा कोरोना संक्रमणका कारण बुधबार मात्रै तीन जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेहरुमा पर्साका २ र मोरङका १ जना छन ।

पछिल्लो पटक नेशनल मेडिकल कलेजमा उपचाररत ७० वर्षीय वृद्धको मृत्यु भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्‍नेतले जानकारी दिए । यसअघि भने गण्डक कोभिड अस्पतालमा उपचाररत ६५ वर्षीय पुरूषको पनि कोरोनाले मृत्यु भएको थियो।

याेसँगै पर्सामा मात्रै कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या १० पुगेको जनाएको छ। उता, मोरङका एक जना ४५ वर्षीय पुरूषको मृत्यु भएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा उनको मृत्यु भएको बिपी प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए । बुधबारसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे ५२ जना पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस