कोरोना नियन्त्रण गर्न प्रदेश सरकारद्वारा ७ करोड निकासा [कुन जिल्लालाई कति?]

जनकपुरधाम, १५ साउन । बढ्दो कोरोना संक्रमणलाई नियन्त्रण गर्न प्रदेश २ सरकारले विहिवार थप ७ करोड रुपैयाँ निकासा गरेको छ ।

प्रदेशमा कोभिड अस्पताल निर्माण, सञ्चालित आइसोलेशनको व्यवस्थापन लगायत कार्य गर्न सो बजेट निकासा गरेको हो । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको निर्णयअनुसार बाराको सिमरास्थित कोभिड अस्पताल निर्माण गर्न एक करोड ७५ लाख रुपैयाँ निकासा गरिएको छ ।

यसैगरी, पर्सास्थित कोभिड अस्पताल निर्माण तथा शव वाहन र एम्बुलेन्स खरिद गर्न एक करोड ५० लाख रुपैयाँ निकासा गरिएको छ भने सप्तरी, रौतहट र सर्लाहीमा सञ्चालित आइसोलेशन व्यवस्थापन गर्न ७५/७५ लाख रुपैयाँ तथा सिरहा, धनुषा र महोत्तरीमा संक्रमण नियन्त्रणतर्फ कार्य गर्न ५०/५० लाख निकासा गरिएको परिषद्को कार्यालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस