प्रदेश १ मा १८ जना नयाँ संक्रमित थपिए

राजविराज । प्रदेश १ मा विहीवार १८ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको छ । मोरङमा ८, झापामा ४, सुनसरी, उदयपुर र सोलुखुम्वुका २–२ जना गरी १८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताकाअनुसार योसँगै प्रदेश १ मा संक्रमितको संख्या ९९३ पुगेका छन । विहीबार मात्रै पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँबाट ३४ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट २ निको भएर घर फर्किएका छन ।

योसँगै प्रदेशमा हालसम्म ७ सय ८९ जना संक्रमितलाई डिस्चार्ज गरिएको प्रवक्ता डा. मेहताले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस