पर्सामा सांसद, चिकित्सकसहित ६४ जना संक्रमित थपिए

जनकपुरधाम, १७ साउन । पर्सामा सांसद र चिकित्सकसहित थप ६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार शुक्रबार राति आएको परीक्षण रिपोर्टमा क्षेत्र नं. १ का सांसद र अस्पतालकै एक चिकित्सक गरी ६४ जनामा संक्रमण देखिएको छ । संक्रमितहरुमा ३ जना महिला छिन ।

सांसदका सवारी चालक र सुरक्षा गार्ड पनि संक्रमण देखिएको सुपरिन्टेन्डेन्ट डा.उपाध्यायले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस