बारामा आइतवारबाट अनिश्चितकालीन निषेधाज्ञा जारी

जनकपुरधाम । कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम गर्न बारा जिल्लामा आइतबारदेखि लागु हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ ।

शुक्रबार बसेको सुरक्षा समितीको बैठकले विहान ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । बारामा तीव्र रुपमा संक्रमण बढ्न थालेपछि संक्रमण नियन्त्रण गर्न निषेधाज्ञा जारी गर्ने निर्णय लिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।

निषेधाज्ञाको अवधिभर अत्यआवश्यक सेवामा संलग्न रहेका सरकारी तथा सार्वजनिक संस्थान बाहेकका सेवाहरु बन्द गर्ने जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस