यूपीकी क्याबिनेट मन्त्री वरुणको कोरोना संक्रमणबाट मृत्यु

राजविराज । भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमल रानी वरुणको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यूपी विधानसभा सदस्य वरुण यूपी सरकारमा टेक्निकल एजुकेशन मन्त्रीको जिम्मेवारमा रहेकी उनको आइतवार विहान मृत्यु भएको हो । कोरोना संक्रमित रहेकी उनको लखनऊ स्थित पीजीआईमा उपचार हुँदैआएको आजतकले जनाएको छ । मृतक वरुण घाटमपुर, कानपुर नगरबाट विधायकमा निर्वाचित भएकी थिईन् ।

उनी १८ जुलाईमा कोरोना भाइरसबाट संक्रमित भएकी थिईन् । मन्त्री वरुणको जन्म ३ मई १९५८ मा भएको थियो । उनको मृत्यु भएपछि प्रदेश मुख्यमन्त्री योगी आदित्यनाथले शोक प्रकट गरेका छन् । मुख्यमन्त्री योगीले उत्तर प्रदेश सरकार आफ्नो सहयोगी सहयोगी रहेको भन्दै क्याबिनेट मन्त्री वरुणको असामयिक निधनले आफु अत्यन्तै मर्माहत भएको बताएका छन् । प्रदेशले जननेतृ गुमाएको भन्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस