व्यवसायी नै संक्रमित भएसँगै राजविराज हटिया सिल

राजविराज, १८ साउन । सप्तरीेको राजविराज नगरपालिकामा कोरोना संक्रमितको संख्या बढेसँगै अत्यधिक भींडभाड हुने हटिया आइतवारदेखि सिल गरेको छ ।

राजविराज नगरपालिका वडा नम्वर ७ स्थितको हटियामा स्थानीयवासिन्दाले अवस्था नहुञ्जेलसम्मकालागि सिल गरेका हुन् । हटियामा बाहिरका मानिसहरुको आवागमन हुने गरेकोले आफुहरु नै जोखिममा रहेकोले बाध्य भएर हटिया प्रवेश गर्ने बाटोहरु बन्द गरिएको छ । स्थानीयवासिन्दाले हटिया प्रवेश गर्न बाटोहरुमा ढाट तथा बार लगाएर बन्द गरिएको स्थानीयवासिन्दा विन्देश्वर साह बिन्दीले जानकारी दिएका छन् ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुयिालाल यादवका अनुसार राजविराज–७ मा २ जना संक्रमित पाईएको छ । वडा नम्वर ७ का ५५ र ४० वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । तीमध्ये एक जना पान पसले रहेका छन् । राजविराज नगरपालिकामा शनिवार मात्रै १८ जना संक्रमित थपिएको थियो ।
यस अघि कोरोनाबाट वडा नम्वर ६ मा एक वृद्धको दुई साता अघि मृत्यु भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस