सप्तरीमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५२४ पुग्यो

राजविराज, १८ साउन । सप्तरीमा २ स्वास्थ्यकर्मीसहित २७ जनामा आइतवार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराका मेडिकल सुपरिन्टेन्डेन्ट डा.रञ्जितकुमार झाका अनुसार अस्पतालमै कार्यरत २ स्वास्थ्यकर्मी र तिलाठी कोइलाडी गाउँपालिकाका २५ जनामा संक्रमण पुष्टि भएको हो ।

‘अस्पतालमै रहेको प्रयोगशालामा परीक्षण पश्चात आइतवार आएको रिपोर्टअनुसार २५ जनामा कोरोेना पोजेटिभ देखिएको छ’ उनले मधेश लाइभलाई भने–‘संक्रमित देखिएका दुवै जना स्वास्थ्यकर्मी राजविराज नगरपालिकाकै हुन् भने अन्य २५ जना तिलाठी कोइलाडी गाउँपालिकाका व्यक्तिहरुमा संक्रमण देखिएको हो ।’

योसँगै संंक्रमितको संख्या ५ सय २४ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780