पाँच सय शैय्याको उपचारसहितको आइसोलेशन बेड थपिने

जनकपुरधाम, २० साउन । कोरोना संक्रमितहरुको सङ्ख्या बढेसँगै कोरोना महामारी नियन्त्रणकालागि प्रदेश २ मा तत्काल पाँच सय सैयाको उपचार सहितको आइसोलेशन बेड थपिने भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले आगामी रणनीतिबारे छलफल गर्न बोलाएको सर्वपक्षीय बैठकले प्रदेशमा उपचार सहितको पाँच सय आइसोलेशन सैया थप गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री निवासमा सम्पन्न बैठकले कोरोना महामारी नियन्त्रणकालागि प्रदेश सरकारले हालसम्म गरेका निर्णयहरु तत्काल कार्यान्वयकालागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।

कोरोना परीक्षणलाई तीब्रता दिन प्रादेशिक ल्याब जनकपुरधाममा आरएनए अटो एक्सट्रयाक्सन मेसिन जडान गर्नुका साथै सीमा नाकालाई थप कडा गर्ने निर्णय गरेको छ । बैठकमा सामाजिक विकास मन्त्री नवल किशोर साह, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, विज्ञ समूहका सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, प्रदेश सभा सदस्य राम अशिष यादव, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव अर्जुन कुमार पोखरेल, डा. राम केवल साह जीतेन्द्र कुमार यादव सहितको सहभागिता रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780