नेपालमा २४ घण्टामा २५९ जना कोरोना संक्रमित फेला

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा ७ हजार ६ सय ८७ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमा २ सय ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कूल संख्या २१ हजार ९ पुगेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ६५ जना कोरोना मुक्त भएर घर फर्किएका छन । मंगलवारसम्म १५ हजार २६ जना कोरोना मुक्त भएर घर फर्किएका छन ।

यसैगरी, पाँच हजार ९ सय २५ वटा सक्रिय संक्रमित रहेको छ । नेपालमा हालसम्म ४ लाख ६ हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो पटक संक्रमणबाट विराटनगरस्थित कोशी अस्पतालमा एक ७७ वर्षीय पुरुषको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ जना पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस