निषेधाज्ञा कसकालागि?

कल्याणपुर । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको प्रभावकारी रोकथाम गर्न जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलवार विहान ५ बजेदेखि जिल्लाभरि निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले अत्यावश्यक काम बाहेक घरमै बस्न आग्रह गरेको छ भने निषेधाज्ञाको अवधिमा अनावश्यक रुपमा बाहिर हिडडुल गर्नेलाई कारवाही गर्ने चेतावनी समेत दिइएको छ । तर, सर्वसाधारण भने संक्रमणबाट जोगिन गम्भिर हुन सकेको छैन । जसको उदाहण हो सप्तरीको खडक नगरपालिकास्थित कल्याणपुर बजार ।

मंगलवार विहान सवा ९ बजेतिर देखिएको यो दृष्टिले सर्वसाधारणहरु निषेधाज्ञाको अर्थ वुझेकै छैन वा आफ्ना स्वास्थ्यप्रति चिन्तित नै छैन भन्ने वुझिन्छ पनि ।

 

#निषेधाज्ञा    #सप्तरी

Author:



क्याटोगरी छान्‍नुहोस