राष्ट्रियव्यापी दलित आन्दोलनप्रति साहित्यकार सभाको ऐक्यवद्धता

राजविराज, २० साउन । विगत केही समययता दलित समुदायमाथि भएका हमला एवम् हिंसात्मक घटनाहरुप्रति मैथिली साहित्यकार सभा जनकपुरधामको गम्भीर ध्यानाकर्षण भएको छ ।

सभाका सभापाल प्रेम विदेहले प्रेस विज्ञप्ति जारी गर्दै यस्ता जघन्य अपराधिक कार्यको भत्र्सना गर्दै दोषीमाथि कडा कार्वाहीको माग गरेका छन् । धनुषा, मोरङ्ग, रुपन्देही, रुकुमसहित देशका विभिन्न भागमा शम्भु सदा, राजु सदा, त्रिभुवन राम, अंगीरा पासी, नवराज विक सहित एक दर्जनभन्दा बढी दलित नागरिक मारिएको भन्दै हत्या हिंसामा संलग्न उपर कडा कार्वाही गर्न उनले माग गरेका छन् ।

काठमाण्डौमा गठित संयुक्त दलित संघर्ष समिति र जनकपुरमा गठित संघर्ष समितिद्वारा जारी राष्ट्रियव्यापी दलित आन्दोलनप्रति साहित्यकार सभाले ऐक्यवद्धता जनाएको छ ।

तस्विरः खासोाखास डट्कम्

Author:



क्याटोगरी छान्‍नुहोस