मधेशीलाई होच्याउने ‘ह्वाट द फ्लप’ टिमलाई कार्वाही

राजविराज, २० साउन । मधेशी समुदायलाई होच्याएको ठहर गर्दै कान्तिपुर टेलिभिजनबाट प्रशारण हुँदैआएको ‘ह्वाट द फ्लप’ कार्यक्रमका प्रस्तोतासहितको टिमलाई निलम्बन गरिएको छ ।

गत असार ११ गते प्रशारण भएको उक्त कार्यक्रममा सन्दिप क्षेत्रीले मधेशी महिलाको काल्पनिक भूमिकामा नागरिकता सम्वन्धी विषयमा व्यंग्य गरेका थिए । सोही विषयलाई लिएर सप्तरी निवासी हाल काठमाण्डौमा कार्यरत डा. शरदसिंह यादवले प्रेस काउन्सिल नेपाल र मधेशी आयोगमा कार्यक्रमका प्रस्तोतासहिता त्यसमा संलग्नहरुलाई कार्वाहीको माग गदै उजुरी दिएका थिए । उक्त उजुरीमाथि तत्काल सुनुवाई गर्दै प्रेस काउन्सिलले कान्तिपुर टेलिभिजनलाई स्पष्टिकरणसहितको पत्र पठाएको थियो ।

कान्तिपुरले असार ११ गते प्रसारण भएको ’ह्वाट द फ्ल्प’ कार्यक्रममा मधेशी महिला पात्र प्रसारण भएकोमा मिति २०७७ असार १६ गते कार्यक्रम प्रेजेन्टर एवम् प्रोड्युर सन्दीप क्षेत्री, विशाल घोस र सेन्सर गर्ने रमेश शाही ठाकुरीलाई लिखित स्पष्टिकरण सोधिएको र उहाँहरुलाई अर्को निर्णय नहुन्जेलसम्मको लागि सेन्सरबाट निलम्बन गरिसकेको भनी पत्रको जवाफ पठाएको उजुरीकर्ता डा. यादवले जानकारी दिएका छन् । उक्त पत्रमा अर्को निर्णय नहुन्जेलसम्म ‘ह्वाट द फ्लप’ टिमलाई निलम्बन गरिएको जनाईएको छ । उनका अनुसार अब उप्रान्त मिठाइलाल यादव पात्र सदाकालागि हटाईएको छ ।

कार्यक्रममा प्रसारण भएको विषय तथा प्रस्तुतिलाई लिएर ‘ह्वाट द फ्लप’ टिमले माफी समेत मागेको छ । अब उप्रान्त भविष्यमा आफ्नो कार्यक्रममा नेपालको संविधान र सञ्चारमाध्यमसम्बन्धि नीति २०६८ मा उल्लेख भए अनुसार कुनै पनि जात,जाति, धर्म, भाषा, रंग, समुदाय इत्यादिमा होच्याउने र टिकाटिप्पणी सम्बन्धी कुनै पनि दृश्य नराख्न सचेत गराइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस