सप्तरीमा ६ प्रहरीसहित थप ७ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ५३१ पुग्यो

राजविराज, १९ साउन । सप्तरीमा ६ प्रहरी र एक जना कर्मचारी गरी मंगलबार थप ७ जनामा कोरोना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएको छ । याेसँगै संक्रमितकाे संख्या ५३१ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनीयालाल यादवका अनुसार उच्च अदालत जनकपुर, राजविराज इजलासवाट स्वाब संकलन गरिएका १०९ मध्ये ७ जनामा संक्रमण देखिएको हाे । `सबै जनाकाे ठेगाना राजविराज नगरपालिका वडा नं.८ उल्लेख रहेछ´ उनले भने-`यद्यपि संक्रमित ७ मध्ये ६ जना २ नं. प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराज सप्तरीका हुन।´

अन्य एक जना भने लाइफ इन्स्योरेन्सका कर्मचारी रहेको प्रमुख यादवले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस